राष्ट्रपति भण्डारी गृह जिल्लामा, योगमाया स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने

हिमाल प्रेस २५ माघ २०७९ १६:३५
6
SHARES
राष्ट्रपति भण्डारी गृह जिल्लामा, योगमाया स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने फाइल तस्बिर।

भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छन्। साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन्।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा १ कुलुङमा योगमायाको सालिक अनावरण गर्ने कार्यक्रम छ। यसका साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका-१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्ने कार्यसूची रहेको गाउँपालिकाले जानकारी दिएको छ। वि.सं १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया सामाजिक आन्दोलनकर्ता थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =