केपी ओली भन्छन् : सत्ता गुमाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भएको छ

हिमाल प्रेस २२ माघ २०७९ १४:५१
26
SHARES
केपी ओली भन्छन् : सत्ता गुमाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भएको छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा नहुँदा पानीबिनाको माछा जस्तै भएको आरोप लगाएका छन्। आज आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर यस्तो आरोप लगाएका हुन्।

उनले मंसिर ४ को चुनावपछि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेपछि एमालेले सरकार गठनको भूमिका खेलेको पनि बताए। ओलीले पुस १० मा आफ्नो पहलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनाएदेखि कांग्रेस पानीबिनाको माछा जस्तै भएको आरोप लगाए।

‘मंसिर ४ को निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन सकेन। त्यहीकारण मैले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर यो सरकार बनाएका हौँ,’ उनले भने, ‘यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ। अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानीबाहिरको माछा जस्तै भएको छ।’

संसद्‌मा कांग्रेसको भूमिका पनि विचित्रको रहेको ओली बताउँछन्। उनले भने, ‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन।

प्रकाशित: २२ माघ २०७९ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =