रिद्धि सिद्धि सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस २२ माघ २०७९ १३:४४
4
SHARES
रिद्धि सिद्धि सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर

मकवानपुर- रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले राक्सिराङ गाउँपालिकाको विकुटारमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

गाउँपालिका कार्यालय र वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साइन्सेसले प्राविधिक सहयोग गरेको थियो।

शिविरमा जनरल फिजिसियन, बाल रोग, स्त्री रोग, हाड जोर्नी तथा नशा रोग र छाला रोगको परीक्षण गरिएको थियो। शिविरमा नि:शुल्क औषधि वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

शिविरमा १८९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

प्रकाशित: २२ माघ २०७९ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =