क्यान्सर दिवसमा भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर

हिमाल प्रेस २४ माघ २०८० २१:०२
6
SHARES
क्यान्सर दिवसमा भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर

काठमाडौँ- काठमाडौँ क्यान्सर सेन्टर नालारोड भक्तपुरमा बुधबार अन्तर्राष्ट्रिय क्यान्सर दिवस मनाइएको छ। ‘स्याहारमा भएको फरकलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

दिवसका अवसरमा क्यान्सर सचेतना कार्यक्रम र भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा एक सय बढीले त्यसको लाभ उठाएका थिए।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्त्वबारे जानकारी गराएका थिए।

कार्यक्रम अस्पातलका कार्यकारी निर्देशक डा. सीमित सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कलाकार दीपाश्री निरौला थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =