नारी दिवसको अवसरमा नेपाली सेनाले स्वास्थ्य शिविर गर्दै

हिमाल प्रेस २३ फागुन २०७९ १७:३६
14
SHARES
नारी दिवसको अवसरमा नेपाली सेनाले स्वास्थ्य शिविर गर्दै जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले नारी दिवसको अवसरमा स्वास्थ शिविर आयोजना गर्ने भएको छ। नेपाली सेनाको सैनिक श्रीमती संघको संयोजकत्वमा नेपाल क्यान्सर केयर फाउण्डेशनको सहकार्यमा बुधबार शिविर आयोजना गरिने भएको हो।

ललितपुरको गोदावरी नगरपालिका-५ लेलेमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको स्क्रिनिङसम्बन्धी एक दिने शिविर गरिने नेपाली सेनाले जानकारी दिएको छ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि बुधबार २ बजेसमम नाम दर्ता गर्न सकिने नेपाली सेनाले बताएको छ।

प्रकाशित: २३ फागुन २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =