प्रदेश १ को हिमाली क्षेत्रमा आगामी तीन दिनसम्म हिमपात हुने

हिमाल प्रेस २२ माघ २०७९ ७:२९
4
SHARES
प्रदेश १ को हिमाली क्षेत्रमा आगामी तीन दिनसम्म हिमपात हुने तस्बिरः रासस

काठमाडौँ- प्रदेश १ को हिमाली क्षेत्रमा आगामी तीन दिनसम्म हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो।

आज (आइतबार) बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका अन्य भूभागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ माघ २२ गते (आइतबार)

दिउँसोː प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ २३ गते (सोमबार)

दिउँसोː प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ माघ २४ गते (मंगलबार)

दिउँसोː देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २२ माघ २०७९ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =