दाहाल र ओलीबीच गृह मन्त्रालयबारे छलफल

हिमाल प्रेस २१ माघ २०७९ ११:०७
12
SHARES
दाहाल र ओलीबीच गृह मन्त्रालयबारे छलफल फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच शनिबार बिहान यस विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै दुई नेताबीच
समसामयिक अन्य राजनीतिक विषयमा पनि छलफल भएको थियो। दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।

सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृहमन्त्री पद पनि गुमेको थियो। स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने अल्टिमेटम दिएको छ। माघ १९ गते बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदै छ।

एमाले अध्यक्ष ओली स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने पक्षमा छन्। प्रधानमन्त्री दाहाल भने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीका बारेमा निर्णय नगर्ने अडानमा छन्।

दाहाल र ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ का लागि तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =