यस्तो छ आगामी तीन दिनको मौमसी विवरण

हिमाल प्रेस २१ माघ २०७९ ७:०७
2
SHARE
यस्तो छ आगामी तीन दिनको मौमसी विवरण

काठमाडौँ- प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै देशका तराईका भूभागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। शनिबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। यस्तै तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।

यस्तो छ तीन दिनको मौसम
शनिबार
दिउँसो : प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार
दिउँसो ː प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार

दिउँसो ː प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: २१ माघ २०७९ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =