विमानस्थलमा आधुनिक पूर्वाधार निर्माण गर्न वायुसेवा सञ्‍चालकहरूको माग

हिमाल प्रेस २० माघ २०७९ १९:४१
6
SHARES
विमानस्थलमा आधुनिक पूर्वाधार निर्माण गर्न वायुसेवा सञ्‍चालकहरूको माग

काठमाडौँ– वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दवै सुरक्षित रहेको बताएको छ। शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौँमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो।

संघले हवाई दुर्घटना एउटा मात्रै कारणले नभएर धेरै कारणले हुने गरेको जनाएको छ। संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको उल्लेख गर्दै सुरक्षा भएका देशहरूमा पनि प्राविधिक, प्राकृतिक र मानवीय तीनै कारणले हवाई दुर्घटना हुने गरेको बताए।

हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर हवाई उडानलाई सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गरे। अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष,व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायत कुनै पनि कारण हुनसक्ने उल्लेख गरे।

नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको बताउँदै सञ्चारमाध्यमले आम जनतामा यही सन्देश पुर्‍याउन आवश्यक रहेको उनले स्पष्ट पारे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक दैनिक रूपमा बढ्दै गएकाले विमानस्थलमा आवश्यक सुविधासम्पन्न आधुनिक हवाई पूर्वाधार निर्माण गर्नुपर्ने नियामक निकायसँग वायुसेवा सञ्चालकहरूले माग गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालमा नम्बरका आधारमा विमानस्थलहरू बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताए। विमानस्थल बढेसँगै त्यहाँ काम गर्ने दक्ष जनशक्ति अभाव भइरहेको तर्फ उनले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =