‘दुर्व्यवहार’मा संलग्न पाइलटलाई जहाज उडाउन रोक

हिमाल प्रेस १५ फागुन २०७९ १५:२७
10
SHARES
‘दुर्व्यवहार’मा संलग्न पाइलटलाई जहाज उडाउन रोक

काठमाडौँ– विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ।

गत साउन १२ गते क्वालालाम्पुरबाट काठमाडौँ आएको निगमको कलसाइन आरए–४१६ विमानको चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा उजुरी परेको छ।

उजुरी परेपछि घटनामा संलग्न भएका भनिएका पाइलटलाई उडानमा रोक लगाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘उजुरीमाथि छानबिन भइरहेको छ, त्यतिञ्जेलसम्म पाइलटले कुनै उडान गर्न पाउने छैनन्।’

प्रकाशित: १५ फागुन २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =