नेपालीलाई मलेसियाकै श्रमिकसरह सुविधा दिनेबारे दुई देशका मन्त्रीबीच छलफल

हिमाल प्रेस २० माघ २०७९ १३:१०
4
SHARES
नेपालीलाई मलेसियाकै श्रमिकसरह सुविधा दिनेबारे दुई देशका मन्त्रीबीच छलफल

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन स्माइलबीच भेटवार्ता भएको छ।

शुक्रबार काठमाडौँस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटमा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो।

बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवासुविधाका विषयमा छलफल भएको बताए।

‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवासुविधा दिने कुरामा छलफल भएको छ,’ उनले भने, ‘हामीले पठाउँदा पनि कामदारलाई सीप सिकाएर पठाउने कुरा भएको छ।’

त्यस्तै मलेसियाका गृहमन्त्री स्माइलले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्ये १ लाख ८५ हजार उत्पादन क्षेत्रमा आबद्ध रहेको बताए। त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ।

‘आजको बैठकमा मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिबारे छलफल गरेका छौँ,’ उनले भने, ‘कामदारअनुकूलको नीति निर्माण गरिरहेका छौँ, छिटै नै हामी नीति निर्माण गर्दैछौँ।’

उनले कामदारहरूका लागि ज्याला बढाउने नीति बनाइरहेको बताए। ‘मलेसियामा भइरहेका नेपालीहरूका लागि ‘रिक्यालिब्रेसन प्लान’ (पुनर्जागृत बनाउने योजना) अघि सारेका छौँ,’ उनले भने।

तीनदिने नेपाल भ्रमणमा बिहीबार साँझ आएका स्माइलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: २० माघ २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =