व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई सन्‌राइज बैंकको आर्थिक सहयोग

हिमाल प्रेस १९ माघ २०७९ १३:१०
4
SHARES
व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई सन्‌राइज बैंकको आर्थिक सहयोग

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा भवानीशंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकले व्यवस्थापन केन्द्रीय विभागमार्फत् स्नातकोत्तरको थेसिस गरिरहेका ८ जना विपन्न र जेहेनदार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकको यो सहयोगले गुणस्तरिय थेसिस लेख्न विद्यार्थीलाई प्रोत्साहन मिल्ने विभागीय प्रमुख आचार्यले विश्वास व्यक्त गरे।

प्रकाशित: १९ माघ २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =