लक्ष्मी बैंकको साधारण सभाबाट सन्‌राइजसँग मर्जरको प्रस्ताव पारित

हिमाल प्रेस ३ असार २०८० १५:२४
16
SHARES
लक्ष्मी बैंकको साधारण सभाबाट सन्‌राइजसँग मर्जरको प्रस्ताव पारित

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभाले सन्‌राइज बैंकसँग हुने मर्जरको प्रस्ताव पारित गरेको छ। सभाले लक्ष्मी बैंक लिमिटेड र सन्‌राइज बैंक लिमिटेडबीच १ः१ को सेयर अनुपातमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदनसमेत गरेको छ। मर्जरपश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ।

असार मसान्तभित्रै दुवै बैंक गाभिइ लक्ष्मी–सन्‌राइजको नाममा एकीकृत कारोबार गर्ने तयारी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =