लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १८ माघ २०७९ १४:३६
4
SHARES
लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत- जुम्लामा लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। चन्दनाथ नगरपालिका-८ रोकायावाडाका ३८ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी हाँकुबाट खटिएको टोलीले उनको घरमै पुगेर नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताए।

रोकायालाई जिल्ला अदालत बाँके जिल्ला अदालतको मिति २०७२ भदौ ६ गतेको आदेश फैसलाले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो। उनलाई अदालत जुम्लामा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ माघ २०७९ १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =