तयारी नपुगेको भन्दै सर्‍यो माओवादीको स्थायी समिति बैठक

हिमाल प्रेस १८ माघ २०७९ ७:५०
2
SHARE
तयारी नपुगेको भन्दै सर्‍यो माओवादीको स्थायी समिति बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आजलाई बोलाइएको स्थायी समितिको बैठक स्थगित भएको छ। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित जनाइएको छ।

बिहीबार (भोलि)सम्मका लागि स्थायी कमिटी बैठक सरेको माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले जनाए।

स्थायी कमिटीको बैठकलाई आवश्यक गृहकार्य नपुगेकाले स्थगित भएको उनले बताए।
नेकपा माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको थियो।

प्रकाशित: १८ माघ २०७९ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =