ध्वनि प्रदूषण गर्ने ५२ सवारी चालक पक्राउ

हिमाल प्रेस १८ माघ २०७९ ७:४१
2
SHARE
ध्वनि प्रदूषण गर्ने ५२ सवारी चालक पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदुषण गर्ने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदुषण गर्ने ५२ जना चालकहरू मंगलबार कारबाहीमा परेका हुन्। २०७४ वैशाख १ गते देखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको छ।

पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गई हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले चालकलाई अनुरोध गरेका छन्।

 

 

प्रकाशित: १८ माघ २०७९ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =