जसपा र उन्मुक्तिबीच पार्टी एकताबारे छलफल, रेशम भेट्न कारागार नै पुगे राजेन्द्र

हिमाल प्रेस १८ माघ २०७९ ७:१९
4
SHARES
जसपा र उन्मुक्तिबीच पार्टी एकताबारे छलफल, रेशम भेट्न कारागार नै पुगे राजेन्द्र

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ।

दुवै दलबीच भएको छलफल अघि बढाउने क्रममा जसपाको तर्फबाट वार्ता समिति संयोजक नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको हो।

दुवै नेताबीच मंगलबार बिहान भएको भेटमा करिब १ घण्टा छलफल भएको बताइएको छ।

नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य रहेका थिए।

यसैकारणले नागरिक उन्मुक्तिसँग पार्टी एकता सहज हुन सक्ने आँकलन गर्दै जसपाले दुवै दलबीच एकताका लागि छलफल अगाडि बढाएको बताइएको छ।

प्रकाशित: १८ माघ २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =