काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार (आज) ३२औँ स्थापना दिवस मनाउँदैछ।
अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो। नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो।
नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ।
आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्।
प्रकाशित: २८ माघ २०७९ ७:४९ | Saturday, February 11, 2023
प्रतिक्रिया


