उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे निर्णय : सरकारी निकायमा स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने

हिमाल प्रेस ४ फागुन २०७९ १९:३२ | Thursday, February 16, 2023
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे निर्णय : सरकारी निकायमा स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी निकायमा स्वदेशी वस्तुकाे प्रयोग बढाउन निर्देशन दिएको छ। मंगलबार (फागुन २ गते) निर्णय गर्दै मन्त्रालयले सार्वजनिक निकायले स्वदेशी उत्पादक एवं नेपाली वस्तु आपूर्तिकर्ताको रोस्टर तयार गरी स्वदेशी उत्पादन नै खरिद गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।  सार्वजनिक निकायमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिन, औजारलगायत सामान खरिद गर्दा उपलब्ध भएसम्म नेपाली सामान नै खरिद गर्नुपर्ने मन्त्रालयको निर्देशन छ।

सार्वजनिक निकायमा प्रयोग हुने शतप्रतिशत सामान स्वदेशी हुनुपर्ने र त्यति नभए कम्तीमा ५० प्रतिशत स्वदेशी सामान खरिद गर्नुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ। मन्त्रालयको निर्देशनमा स्वदेशी समान उत्पादन गर्ने उत्पादकहरूले सार्वजनिक निकायमा आफ्नो उत्पादन सुचीकृत गराउनुपर्ने उल्लेख छ।

प्रकाशित: ४ फागुन २०७९ १९:३२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast