गाडीको ठक्करले एकको मृत्यु, पाँच घाइते

हिमाल प्रेस १७ माघ २०७९ ७:४५
6
SHARES
गाडीको ठक्करले एकको मृत्यु, पाँच घाइते

काठमाडौँ- काठमाडौँ महानगरपालिका –१३ सोल्टीदोबाटो सितापाईलास्थित सडकमा भएको गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

बा२ ख ८३६८ नम्बरको बस र ना१ ज २४२१ नम्बरको सुमो गाडी एकआपसमा ठक्कर खाएर सोमबार दुर्घटना हुँदा बसमा सवार रसुवा गोसाईकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये १ जनाको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा र अन्य ४ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

सुमोका चालकलाई नियन्त्रणमा लिई हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: १७ माघ २०७९ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =