मुस्लिम समुदायले पाएको उपलब्धि गुम्‍न दिनु हुन्‍न : अध्यक्ष अन्सारी

हिमाल प्रेस १४ माघ २०७९ १६:०८
8
SHARES
मुस्लिम समुदायले पाएको उपलब्धि गुम्‍न दिनु हुन्‍न : अध्यक्ष अन्सारी

काठमाडौँ– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको दाबी गरेका छन्। शनिबार मुस्लिम समुदायबाट प्रदेश र प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरूलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्न उनले आग्रह गरे।

मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको बताउँदै आयोगमा काम गर्ने कर्मचारी एकजना पनि मुस्लिम नहुनु दुःखद रहेको उल्लेख गरे।

प्रकाशित: १४ माघ २०७९ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =