एमालेसँग सहकार्य गर्नुको कारणबारे पार्टी बैठकमा प्रचण्डको ‘ब्रिफिङ’

हिमाल प्रेस १२ माघ २०७९ १७:३८
64
SHARES
एमालेसँग सहकार्य गर्नुको कारणबारे पार्टी बैठकमा प्रचण्डको ‘ब्रिफिङ’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन्।

अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

उनले भने, ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो।’

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ। त्यस्तै यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए।

बैठकमा पार्टी एकता र संगठन विस्तारबारे एजेन्डा रहेको र शुक्रबार बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ। स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित: १२ माघ २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast