जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १२ माघ २०७९ ७:३२
2
SHARE
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ प्रतिनिधिमूलक तस्बिर

 बर्दिया- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३ बस्ने प्रकाश शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बर्दिया गुलरियाको २०५६ असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा एक वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका शाहलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँबाट पक्राउ गरेको छ ।

उनलाई जिल्ला अदालत बर्दिया गुलरियामा पेस गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाइएको छ ।

प्रकाशित: १२ माघ २०७९ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =