जनताको दुःख नबुझ्ने व्यक्ति नेता बन्न सक्दैन : माधव नेपाल

हिमाल प्रेस ९ माघ २०७९ ११:२२
4
SHARES
जनताको दुःख नबुझ्ने व्यक्ति नेता बन्न सक्दैन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू जनताको दुख सुखको साथी बन्नु पर्ने बताएका छन्। आइतबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मुस्लिम इत्तेहाद संगठन नेपालको पदाधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भूइँमान्छेको सेवक बन्नु पर्ने बताए।

उनले मुस्लिम इत्तेहाद संगठनको सक्रियताले नेपालमा रहेका मुस्लिम समुदायका समस्या समाधान गर्नलाई समेत सहयोग हुने बताए।

वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका साथमा पुग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै अध्यक्ष नेपालले नेपालमा रहेका मुस्लिम समुदायका वस्ती वस्तीमा पुगेर समुदायका आवश्यकताहरू पहिचान गरि समाधानका लागि पार्टीमा सुझाव पेस गर्न समेत निर्देशन दिए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले संगठन विस्तार गर्नु सक्रियता देखाउन पर्ने बताए। कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठनहरूले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचार प्रसारमा सहयोग पुग्ने बताए। ‍

प्रकाशित: ९ माघ २०७९ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =