प्रदेश १ का मन्त्रीहरूले पाए जिम्मेवारी

हिमाल प्रेस ६ माघ २०७९ २०:३४
52
SHARES
प्रदेश १ का मन्त्रीहरूले पाए जिम्मेवारी

इटहरी– प्रदेश १ का ६ जना मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले १३ बाट झार्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६ मन्त्रीहरूको कार्यविभाजन गरेका हुन्।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी, नेपाल (जसपा)की निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेका छन्।

केन्द्रमा एमाले र माओवादीसहित सात दलको समर्थनमा सरकार बनेसँगै प्रदेश १ मा एक साता पहिले नै मुख्यमन्त्री कार्कीले मन्त्रीहरू नियुक्ति गरेका थिए। तर उनीहरूको कार्य विभाजन नहुँदा मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन।

शुक्रबार मन्त्रिपरिषद्को निर्णयसँगै यी मन्त्रीहरूले जिम्मेवारी पाएका हुन्।

प्रकाशित: ६ माघ २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =