कोशीका मुख्यमन्त्री कार्कीले आज विश्‍वासको मत लिने

हिमाल प्रेस १५ असार २०८० ७:२८
4
SHARES
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्‍वासको मत लिने

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार (आज) विश्वासको मत लिने भएका छन्।

सरकारमा रहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका हुन्।

हिजोकै बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा कार्कीले शुक्रबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका थिए।

विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै उनले दलमार्फत पत्र पठाएका हुन्।

कोशीमा एमाले सबैभन्दा ठूलो दल भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार संकटमा छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् ।

एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित: १५ असार २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =