हुम्लामा हिमपात, जनजीवन कष्टकर

हिमाल प्रेस ६ माघ २०७९ ८:३०
2
SHARE
हुम्लामा हिमपात, जनजीवन कष्टकर

काठमाडौँ- हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो।

हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्।

बिहीबार रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्।

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।

प्रकाशित: ६ माघ २०७९ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =