केपी ‌ओली भन्छन् : राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारलाई नै राष्ट्रिय सहमति गरौँ

हिमाल प्रेस ५ माघ २०७९ १७:२३
66
SHARES
केपी ‌ओली भन्छन् : राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारलाई नै राष्ट्रिय सहमति गरौँ फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनको मुख्य ठूलो दल नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार छनोटमा राष्ट्रिय सहमति खोज्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले सभामुख/उपसभामुखकै निर्वाचनमा राष्ट्रिय सहमतिको विषय उठाएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले राष्ट्रिय सहमतिको कुरा एमालेले राष्ट्रपतिको उम्मेदवार उठाएपछि उक्त उम्मेदवारलाई समर्थन गर्ने विषयमा हुने बताए। ‘राष्ट्रिय सहमति त हुनुपर्छ। अब राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ’ उनले भने। उनले एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई उठाउँछ भन्नेबारे भने पछि जानकारी गराउने बताए।

सत्ता गठबन्धनमा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भएको छ। सोहीअनुसार आज बिहीबार एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भए।

प्रकाशित: ५ माघ २०७९ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =