नयाँ मन्त्रीको १ बजे शपथ, ४ वजे सर्वदलीय बैठक

हिमाल प्रेस ३ माघ २०७९ ६:५९
6
SHARES
नयाँ मन्त्रीको १ बजे शपथ, ४ वजे सर्वदलीय बैठक

काठमाडौँ- मन्त्रिपपिरषद् आज विस्तार हुँदैछ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। शपथ दिउँसो १ बजे हुने तय गरिएको छ। सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ। जनमत पार्टीले एक मन्त्री पाउनेछ। नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन। आज बिहानै देखि बाँडफाँटबारे छलफल गर्ने सत्तारुढ दलका नेताको भनाइ छ।

गृहमन्त्री रवि लामिछानेका अनुसार शपथपछाडि मात्रै सर्वदलीय बैठक राखिएको छ। ‘शपथका लागि राष्ट्रपति कार्यालयलाई खबर गरिसकिएको छ,’लामिछानेले भने,‘लगभग ४ बजे मात्र सर्वदलीय बैठक बस्छ।’ सभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रकाशित: ३ माघ २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =