गण्डकीमा कांग्रेसले सभामुखमा पोखरेलले उम्मेदवारी दिने

हिमाल प्रेस ३० पुष २०७९ १२:३३
6
SHARES
गण्डकीमा कांग्रेसले सभामुखमा पोखरेलले उम्मेदवारी दिने

पोखरा- मुख्यमन्त्रीले विश्वासको मत लिएको भोलिपल्टै गण्डकी प्रदेशसमा आज सभामुखको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनअन्तर्गत माओवादीलाई गण्डकीमा सभामुख भागबण्डामा परेको छ। उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी अघि सारेको छ।

प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार बिहान ११ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता र दर्ता भएका उम्मेदवार दर्ता भएकोको सूची प्रकाशन साढे १ बजे हुनेछ।

उम्मेदवारीको सूचनामाथि छलफल दिउँसो ३ बजे भई निर्णयार्थ प्रस्तुत हुने छ। गठबन्धनबाट माओवादीबाट सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेसले भने सरस्वती अर्याललाई अघि सारेको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले जानकारी दिए।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको थियो। ६० सदस्यीय प्रदेशसभामा सत्ता पक्षमा ३२ र प्रतिपक्षमा २८ सांसद छन् । एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य हुन् । प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसको सर्वाधिक २७ सिट छ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए। उनलाई ३१ सांसदले समर्थन गरेका हुन्। सरकार गठनका बेला समर्थन गरेको स्वतन्त्रका दीपक मनाङे भने संसद बैठकमै उपस्थित भएनन्।

प्रकाशित: ३० पुष २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =