घनश्याम भुसाल नेकपा एस प्रवेश

हिमाल प्रेस २९ पुष २०७९ १५:२०
16
SHARES
घनश्याम भुसाल नेकपा एस प्रवेश

काठमाडौँ– स्वतन्त्र उम्मेदवारका रूपमा हालैको निर्वाचन लडेका नेकपा एमालेका पूर्वनेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमबीच भुसाल एस प्रवेश गरेका हुन्।

०७८ साल पुस १० गते चितवनमा भएको एमालेको महाधिवेशनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविपरीत उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका थिए। त्यसपछि ओली र भुसालबीच मनमुटाव चुलिएको थियो।

केन्द्रीय सदस्यका रूपमा एमालेमै रहेका भुसालले हालै सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमाले छाडेको तीन महिनापछि उनी केपी ओलीको आलोचना गर्दै माधव नेपाल नेतृत्वको एस प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा उनले ओलीमाथि तीव्र आलोचना गर्दै एमाले पार्टी अहिले सिद्धान्त र गतिहीन बनेको जिकिर गरे।

यो पनि पढ्नुस्:

घनश्याम भुसालको अबको राजनीतिक गन्तव्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =