जनताले विकासको अनुभूति गर्न पाएका छैनन्, अब तमासा हेरेर बस्दैनौँ : मन्त्री श्रेष्ठ

हिमाल प्रेस २९ पुष २०७९ १२:५६
6
SHARES
जनताले विकासको अनुभूति गर्न पाएका छैनन्, अब तमासा हेरेर बस्दैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन्।

शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले समन्वयको कमी र आफ्नो जिम्मेवारीबोध गर्न नसक्दा आवश्यक काम नभएको भन्दै अब पनि सरकार विकास निर्माणमा तमासा हेरेर नबस्ने बताएका हुन्।

‘राज्यका निकायहरू जनताले तिरेको करबाट हामीले सेवासुविधा लिइरहेका छौँ, कतैबाट हेलचेक्र्याइँ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ,’ उनले भने, ‘प्रभावकारी ढंगले कार्यान्वयन गरिन्छ । सकारात्मक गुणात्मक हस्तक्षेप हुन्छन् । तमासा हेरेर बस्ने स्थिति छैन ।’ उनले जनताले विकास निर्माणको अनुभूति गर्न नपाएको बताए।

उनले विकास निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘सबैलाई जिम्मेवारीबोध गराएर समन्वयात्मक ढंगले काम हुन्छ, गैरजिम्मेवारी काम गर्नेहरूलाई कारबाहीको प्रक्रियामा हामी जान्छौँ,’ उनले भने।

प्रकाशित: २९ पुष २०७९ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =