प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधिसभामा विश्वासको मत

हिमाल प्रेस २६ पुष २०७९ १७:२८
38
SHARES
प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधिसभामा विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज मंगलबार प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए। उनलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई सांसदबाहेकले मत दिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा २७० जनामात्रै आजको बैठकमा सहभागी थिए। यीमध्ये २६८ जनाले विश्वासको मतको पक्षमा मतदान गरे। हुन्न पक्षमा नेपाल मजदुर किसान पार्टी र जनमोर्चाका गरी दुई सांसदलेमात्रै मत दिए।

नेकपा एमालेसहितको गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। बहुमत सदस्यको समर्थनसहित विश्वासको मत पाएको घोषणा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले घोषणा गरे।

सभामुखको हैसियतमा जबरा, मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत मतदानमा सहभागी भएनन्। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ  निलम्बनमा छन्।  उनले पनि मतदानमा सहभागी हुन पाएनन्।

प्रकाशित: २६ पुष २०७९ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =