प्रचण्डलाई विश्‍वासको मत दिने देउवाको संकेत

हिमाल प्रेस २५ पुष २०७९ २०:५७
16
SHARES
प्रचण्डलाई विश्‍वासको मत दिने देउवाको संकेत

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने संकेत गरेका छन्। सोमबार साँझ देउवा निवास पुगेका प्रचण्डलाई देउवाले यस्तो आश्वासन दिएका हुन्।

प्रचण्डको आग्रहपछि देउवाले मंगलबार (भोलि) संसदीय दलको बैठक बसेर सरकारलाई विश्वासको मत दिनेबारे निर्णय गर्ने जनाएका छन्।

सोमबार प्रतिनिधिसभामा प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले सबैको विश्वासको मत पाउने दाबी गरेका थिए। सो क्रममा उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारलाई विश्वासको मत दिन घुमाउरो तरिकाले आग्रह गरेका थिए।

प्रचण्डले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। निर्वाचनमा आफू कांग्रेससहितको गठबन्धनबाट निर्वाचित भएको भन्दै प्रचण्डले देउवासँग विश्वासको मत मागेका छन्।

प्रकाशित: २५ पुष २०७९ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =