नेकपा एसले सचिवालय बैठकमा सरकारलाई विश्‍वासको मत दिनेबारे निर्णय गर्ने

हिमाल प्रेस २५ पुष २०७९ १८:३२
6
SHARES
नेकपा एसले सचिवालय बैठकमा सरकारलाई विश्‍वासको मत दिनेबारे निर्णय गर्ने फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको सत्तासमीकरणमा जाने रुचि नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठकले निर्णय गर्ने उनले जानकारी दिए। ‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठक बस्दैछौं। सचिवालय बैठकमा निर्णय गर्छौं। सत्तासमीकरणमा जाने हाम्रो रुचि छैन,’ नेपालले भने, ‘अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं। हामी विचार मिल्ने दलहरूसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चासमेत बनाउँछौं। विचार सिद्धान्त सबै मिल्यो भने एकताबद्ध भएर जानसक्छौं।’

आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरूसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान ११ बजे संसदबाट विश्वासको मत लिने कार्यतालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =