विश्‍वासको मतबारे नेपालतर्फ ओलीको संकेत- पानी गिलासमै खन्याउँदा ठिक हुन्छ

हिमाल प्रेस २५ पुष २०७९ १७:४७
12
SHARES
विश्‍वासको मतबारे नेपालतर्फ ओलीको संकेत- पानी गिलासमै खन्याउँदा ठिक हुन्छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पनि सरकारलाई विश्वासको मत दिँदा ठिक हुने आशय प्रकट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालदयमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

‘हामीसँग १७० भन्दा बढी मत छ। संसदको सबैभन्दा धेरै शक्ति नै सत्तागठबन्धनसँग छ। त्यसैले अरू दलले पनि सरकारलाई समर्थन गर्दा भइहाल्छ,’ उनले भने।

संसदमा रहेका नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)लगायत दललाई उनले सरकारलाई समर्थन गर्न घुमाउरो पारामा आग्रह गरे। ‘एतापट्टि गिलास छ, उतापट्टि पानी छ। अब त्यो पानी किन बाहिर फाल्ने? पानी त गिलासमा नै खन्याउँदा ठिक हुन्छ,’ ओलीले भने।

प्रकाशित: २५ पुष २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =