न्यूनतम साझा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुनेमा विश्‍वस्त छु : ओली

हिमाल प्रेस २५ पुष २०७९ १७:३३
6
SHARES
न्यूनतम साझा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुनेमा विश्‍वस्त छु : ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले तय गरेको न्यूनतम साझा कार्यक्रम सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्नेमा विश्वस्त रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालदयमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘यो सरकार बन्नका लागि मात्र बनेको होइन। यथास्थितिमै रहनका लागि यो सरकार बनेको होइन। गठबन्धनका ठाउँमा अर्को गठबन्धन बनेको होइन,’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेक ओलीले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्नेमा म विश्वस्त छु।’

अहिले नयाँ जनादेश बनिसकेकाले राजनीतिक दलबीच पुराना विषयलाई लिएर मनमुटाव गर्न जरुरी नरहेको उनले बताए। ‘सबैसँग मित्रताका लागि हामी काम गर्छौं,’ उनले भने। नेपालले असंलग्न परराष्ट्र नीति लिएकाले सबै मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध कायम राख्ने विषय पनि कार्यक्रममा समेटिएको उनले बताए।

प्रकाशित: २५ पुष २०७९ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =