केपी ओलीले भने : सहमतिकै सरकार बन्ने अवस्था त देख्दिनँ

हिमाल प्रेस २५ पुष २०७९ १६:५९
10
SHARES
केपी ओलीले भने : सहमतिकै सरकार बन्ने अवस्था त देख्दिनँ फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नदेखेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘मैले सहमतिको सरकार भनिसकेको छैन। सहमति, सहकार्य र एकता भनेको हुँ। अहिले नै सहमतिकै सरकार बन्ने अवस्था त देख्दिनँ।’

प्रकाशित: २५ पुष २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =