बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

हिमाल प्रेस २५ पुष २०७९ १५:४५
6
SHARES
बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

हेटौँडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (सोमबार) संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ। उनलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा ९माओवादी केन्द्र०का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा ९एकीकृत समाजवादी०का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए।

हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य छन्।

गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जमकट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका थिए। २०३० मा धादिङको किरानचोक गाविसमा जन्मिएका जमकट्टेलले २०४४ सालमा अखिल छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरूआत गरेका थिए। २०४८ देखि मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले सञ्चालन गरेको सशस्त्रद्वन्द्वमा सुरुआतदेखि आबद्ध थिए।

२०६० देखि एक दशकसम्म माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जमकट्टेल २०६३ को अन्तरिम संसद् र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए।

२०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री र पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि आर्थिक मामिलामन्त्री थिए।

प्रकाशित: २५ पुष २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =