प्रदेशलाई कमजोर बनाइयो : रामसहाय यादव

हिमाल प्रेस २५ पुष २०७९ १५:१५
4
SHARES
प्रदेशलाई कमजोर बनाइयो : रामसहाय यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले प्रदेशलाई कमजोर बनाइएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संघको उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको बताएका हुन्।

‘अहिलेसम्म संविधानमा जे जति प्रावधान छ, जे व्यवस्था छ, त्यो पनि हामीले प्रदेशलाई हस्तान्तरण गर्न सकेका छैनौँ,’ उनले भने, ‘आर्थिक र वित्तीय प्रणाली पनि हामीले संघीय शासनप्रणालीअन्तर्गत हस्तान्तरण गर्न सकेका छैनौँ। आज संघलाई उल्टो किसिमले परिभाषित गरेर प्रदेशलाई कमजोर बनाउने काम हामी गरिरहेका छौँ।’

उनले केन्द्रीकृत शासनप्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच हो कि भन्ने महसुस भएको बताए।

प्रकाशित: २५ पुष २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =