‘मै राम्री’ ल्याउँदै कुुञ्जना घिमिरे

हिमाल प्रेस २५ पुष २०७९ १५:०६
38
SHARES

काठमाडौँ- सामाजिक कथावस्तुमा आधारित वेब सिरिज ‘मै राम्री’ प्रसारण हुने भएको छ। पुस २८ देखि प्रसारण हुने वेब सिरिजकी निर्देशक कलाकार कुञ्जना घिमिरे (सुन्तली) हुन्।

हरेक बिहीबार साँझ ६ः ४५ बजे ‘धुर्मुस सुन्तली युट्युब’ च्यानलबाट वेब सिरिज प्रसारण हुने निर्माण टिमले जनाएको छ। त्यसको ट्रेलर केही दिन सार्वजनिक भएको छ।

सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ।

देवान्शी बैदवार, अवनिश महर्जन बालकलाकार पनि सिरिजमा रहेका छन्।

प्रकाशित: २५ पुष २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =