प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ओलीले जारी गरे ‘ह्विप’

हिमाल प्रेस २५ पुष २०७९ १३:०६
4
SHARES
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ओलीले जारी गरे ‘ह्विप’

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ‘ह्विप’ जारी गरेका छन्।

सोमबार बसेको संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको सांसद सूर्य ढकालले जानकारी दिए। ‘तोकिएको समयमा आउने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ह्विप जारी भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले भोलि (मंगलबार) विश्वासको मत लिने कार्यक्रम छ।

प्रकाशित: २५ पुष २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =