गृहको निर्देशनपछि कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द

हिमाल प्रेस २४ पुष २०७९ १४:४७
4
SHARES
गृहको निर्देशनपछि कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द फाइल तस्बिर।

बुटवल– कपिलवस्तुमा अवैध रूपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ। यही पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीत सञ्‍चालित क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो।

जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए। मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। ढुंगा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन्।

यस्तै नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए। शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक-एकवटा क्रसर उद्योग बन्द गराइएका हुन्।

प्रकाशित: २४ पुष २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =