साझा बस चढेर ललितपुर पुगेकी राष्ट्रपतिले गरिन् मदन पुरस्कार पुस्तकालय अवलोकन

हिमाल प्रेस २३ पुष २०७९ १७:३१
6
SHARES
साझा बस चढेर ललितपुर पुगेकी राष्ट्रपतिले गरिन् मदन पुरस्कार पुस्तकालय अवलोकन फाइल तस्बिर।

ललितपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन्। साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरी उनले अवलोकन गरेकी हुन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले उनलाई स्वागत गरेका हुन्। पुस्तकालयको अवलोकन गर्दै राष्ट्रपति भण्डारीले ०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक प्रति लिएकी छन्।

‘अरू दिन आउँदा ट्राफिक जाम हुन्छ, जनतालाई दुःख हुन्छ भनेर उहाँले विदाको दिन शनिबार नै छान्नु भएको हो,’ ललितपुर महानगरका मेयर महर्जनले बताए।

यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिडलगायतका कारणले ढिलाइ हुन गएको पनि मेयर महर्जनले जानकारी दिए। मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा संचालित पुस्तकालय हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =