एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

हिमाल प्रेस २३ पुष २०७९ ११:१०
2
SHARE
एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

काठमाडौँ- नेकपा एमालेले शनिबारबाट आफ्ना सांसदलाई प्रशिक्षण दिन सुरु गर्ने भएको छ।

प्रशिक्षण आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा १ बजेबाट सुरु हुनेछ।
संसद्‌मा कसरी प्रस्तुत हुने लगायतका समसामयिक विषयमा प्रशिक्षण दिन लागिएको एमालेका एक नेताले जानकारी दिए।

प्रशिक्षणमा एमालेकै पूर्व र बहालवाला सांसदहरूले आफ्ना अनुभव पनि सुनाउने छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यसैलाई दृष्टिगत गर्दै आज र भोलि सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।

 

प्रकाशित: २३ पुष २०७९ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =