‘गुञ्‍जन’ ट्रेलर : त्रिकोणात्मक प्रेमकथा

हिमाल प्रेस २२ पुष २०७९ १२:१३
4
SHARES

काठमाडौँ- फिल्म ‘गुञ्‍जन’को ट्रेलर सार्वजनिक भएको छ। सारा सिरपाइली र प्रीतमराज सेन्चुरी मुख्य भूमिकामा रहेको फिल्मको यो दोस्रो ट्रेलर हो।

फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ। प्रेमका कारण जीवनमा आउने आरोह-अवरोह ट्रेलरमा देखाइएको छ।

२ मिनेट ४६ सेकेन्ड लामो ट्रेलरमा सारा, प्रीतमराज, कबीर खड्का, सरोज खनाललगायत कलाकार अटाएका छन्।

अष्ट महर्जनले निर्देशन गरेको फिल्ममा सारा र प्रीतमराज, कबीर खड्का, सरोजबाहेक निरुता स्याङ्तान, इभा श्रेष्ठ, कञ्चन चालिसे, रोशन शाहीको अभिनय छ।

प्रकाशित: २२ पुष २०७९ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =