भीरबाट लडेर एक महिलाको मृत्यु

हिमाल प्रेस २२ पुष २०७९ ९:३३
2
SHARE
भीरबाट लडेर एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

सुर्खेत- जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा बादे भीरबाट लडेर २३ वर्षीया पवित्रा रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। रावत दम्पत्ती घाँस काट्न जंगल भएका थिए।

 

प्रकाशित: २२ पुष २०७९ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =