कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको व्यवस्था धरापमा : बाबुराम भट्टराई

हिमाल प्रेस २२ पुष २०७९ ७:५४
4
SHARES
कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको व्यवस्था धरापमा : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने भट्टराईको भनाइ छ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

 

प्रकाशित: २२ पुष २०७९ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =