नेपाल अमेरिका पत्रकार संघ अध्यक्षले भेटे प्रधानमन्त्री र गृहमन्त्री

हिमाल प्रेस २१ पुष २०७९ १९:४९
60
SHARES
नेपाल अमेरिका पत्रकार संघ अध्यक्षले भेटे प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौँ– नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग छुट्टा-छुट्टै भेट गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए। ‘प्रधामन्त्रीसँग भेटका क्रममा पत्रकारहरूको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयहरू जानकारी गराइएको छ,’ न्यौपानको भनाइ छ।

यस्तै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराएको उनले बताए। ‘अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारहरूले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराइयो,’ न्यौपानेले जनाए।

बिहीबार भएको उक्त भेटमा नवगठित सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको पनि उनले जानकारी दिए।

प्रकाशित: २१ पुष २०७९ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =