राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

हिमाल प्रेस २१ पुष २०७९ १८:१६
4
SHARES
राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको जनाएको छ। बिहीबार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले संशोधन गरेको चालुपँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताएका हुन्।

उद्योगी व्यवसायीका समस्या चालुपँजी कर्जा मार्गदर्शनमा केही नीतिहरू परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न नसक्ने उनको भनाइ छ। सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने,तरलता सहज बनाउने लगायतका काम गर्नुपर्ने उनले बताए।

अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौती रहेको बताउँदै खुला सीमानाबाट अनाधिकृत रूपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलनको लक्ष्यभन्दा तल पुगेको उल्लेख गरे।

राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको उनले दाबी गरे। अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताए।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले जुत्ता चप्पल उद्योगका लागि आवश्यक कतिपय नीतिहरू शंसोधन गर्न आवश्यक रहेको जनाए। सरकारले नेपालमा उत्पादित जुत्ताचप्पल निर्यातमा प्रोत्साहन गर्दै स्वदेशी ब्रान्डलाई स्थापित गर्न व्यवसायीहरूलाई सहयोग गर्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =